Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै


52
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज (मंगलबार) प्रस्तुत गर्ने भएकाे छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारले जनाएकाे हाे। प्रदेश सरकारले पाँचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको भएपनि नेकपा एमाले विभाजनपछि सत्तारुढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलो पटक सदनमा नीति तथा कार्यक्रम पेश गर्न लागेको हो । प्रदेश सरकारले आगमी बजेटमा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको छ ।

निर्माणाधीन अवस्थाका विका योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको छ ।