Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै


143
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/०८० को बजेटबारे विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटेको मन्त्रालयगत छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले आज पनि सांसहरुले यसमाथि छलफल गर्नेछन् ।