१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


नेपालले आज थाईल्यान्डसँग खेल्दै


65
Shares

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले मंगलबार थाईल्यान्डसँग खेल्दैछ ।

युकेएम एसडी क्रिकेट ओभल बांगीमा नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ ।

नेपाल मंगलबार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ ।

अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले तथा तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल युएईसँग १० विेकटले पराजित भएको थियो ।

थाईल्यान्डले मलेसियालाई ८५ रन, भुटानलाई १ सय ३० रन, कतारलाई ६९ रनले हराएको थियो ।

नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । युएई ६ अंकका साथ नेटरनरेट ८.३५२ को साथ शीर्षस्थानमा छ ।