कञ्चनपुर । हेल्प नेपाल कञ्चनपुरले चौपायालाई खाना खुवाउने अभियान सञ्चालन गरेको छ ।
कोरोना भाइरसको रोकथामका लागि लगाइएको लकडाउनका कारण पशुपन्क्षी तथा चौपाया भोकभोकै हुने अवस्था आएपछि कञ्चनपुरमा हेल्प नेपालले १५ दिनदेखि पशुपन्क्षी तथा चौपायालाई खाना खुवाउँदै आएको छ ।
लकडाउनका कारण मानिसहरु घर बाहिर निस्कन नपाउँदा पशुपन्क्षी तथा चौपाया भोकै भएको भन्दै हेल्प नेपालले चौपायालाई खाना खुवाउने अभियान सञ्चालन गरेको हो ।
नागरिकका लागि सरकारले राहतका कार्यक्रम ल्याएपनि पशुपन्क्षी तथा चौपाया भोकै भएकाले यो अभियान सञ्चालन गरेको अभियन्ताहरुको भनाई छ ।
दूध, केरा, पाउरोटी, लड्डु, चना लगायतका खाद्यान्न बजार क्षेत्रमा रहेका कुकुर, गाइगोरु, बाँदर, चरालगायतका पशुपन्क्षीलाई खुवाउने गरिएको छ ।
खाद्यान्न खरिदका लागि दैनिक चार हजार बराबर रकम खर्च हुने हेल्प नेपाल कञ्चनपुरले जनाएको छ ।
१४ वर्षअघि स्थापना गरिएको यस संस्थामा अभियन्ताहरु आफैंले रकम उठाएर अभियान सञ्चालन गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्