Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रुसले निर्यातमा रोक लगाएर सर्वसाधारणलाई गरीबीको रेखामुनि ल्याउन खोज्याे


4.6k
Shares

काठमाडौं । रुसले युक्रेनबाट खाद्यान्न निर्यातमा रोक लगाउनुले सर्वसाधारणलाई गरीबीको रेखामुनि ल्याउन खोजेको आरोप युरोपेली काउन्सिलल लगाएको छ।

युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलले रुसले प्रत्येक क्षेत्रमा अस्थिरता निम्ताएको आरोप लगाउँदै समयमै ध्यान नदिने हो भने यसले हजारौं सर्वसाधारण गरीबीको शिकार हुने बताउनुभएको छ । यता रुसी सेना र युक्रेनी सेनाबीच युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रहेको औद्योगिक शहर सेभेरोडोनेत्स्कमा संघर्ष जारी राखेका छन् ।

युक्रेनी राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले संख्यात्मक रुपमा फाइदा उठाइरहे पनि आफ्नो सेनाले त्यसको प्रतिकार गर्ने बताउनुभएको छ । किभमा पत्रकार सम्मेलन गरी राष्ट्रपति जेलेन्स्कीले रुसी सेना केही हदसम्म बलियो सावित भएको देखिएपनि युक्रेनी सेनाको क्षमताको पनि प्रशंसा गर्नुभएकाे छ। मारियुपोल शहर कब्जामा लिएको रुसी सेना अर्को युक्रेनी शहर सेभेरोडोनेत्स्क शहर कब्जा गर्ने दाउमा रहेकाे छ ।

रुस र युक्रेनबीचको युद्ध सय दिन नाघिसक्दा पनि दुई देशबीचको संघर्ष भने जारी नै रहेकाे छ।