२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नेसन्स लिगमा डेनमार्क विजयी, फ्रान्स रोकियो


195
Shares

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै डेनमार्कले लगातार दोस्रो जित निकालेको हो ।

खेलको २७ औं मिनेटमा पिएर्रे इमिलले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा जाभिरले गोल गर्दै अष्ट्रियालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ८४ औं मिनेटमा जेन्स लार्सेंनले गोल गर्दै डेनमार्कलाई २–१ को जित दिलाए ।

यसैगरी, अर्काे खेलमा फ्रान्सलाई क्रोएसियाले १–१ गोलको बराबरीमा रोकेको छ । क्रोएसियामा सोमबार राति भएको खेलमा पाहुना टोली फ्रान्सका एड्रियान र्‍याबियोटले पहिलो गोल गरे । तर, निर्धारित समय सकिन ७ मिनेट बाँकी छँदा क्रोएसियाले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई क्रामारिचले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीका सकिएको हो ।

लिग ए समूह १ मा ६ अंक जोडेको डेनमार्क शिर्ष स्थानमा रहँदा ३ अंकसहित अष्ट्रिया दोस्रो स्थानमा रहेको छ । फ्रान्सले १ अंक जोडेर तेस्रो स्थानमा र क्रोएसिया १ अंकका साथ चौंथो स्थानमा रहेको छ ।