Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सरकार र संसदीय समितिबाट भएको टिप्पणीमा बारको आपत्ति


156
Shares

काठमाडौं । सर्वोच्च अदालत बार एशोसियशनले बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाबारेका टिप्पणीप्रति आपत्ति जनाएको छ ।

सर्वोच्च बारले सोमबार पे्रस विज्ञप्ती निकाल्दै अदालतको आदेशउपर सरकार, संसदीय समिति र राजनीतिक दलको नेतृत्वबाट भएको अस्वस्थ आलोचना र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत जेठ १६ गते सर्वोच्चको फैसला कुनै दृष्टिबाट उचित देखिँदैन भन्ने आधार लिई विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउनू भनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई दिएको निर्देशनले न्यायालयको स्वतन्त्रपूर्वक न्याय निरुपण गर्ने अधिकारमा नै गम्भीर प्रहार गरेको सर्वौच्च बारको ठहर छ ।

न्यायपालिकाको फैसलामा स्वस्थ टिप्पणी हुनसक्ने भए पनि मौलिक हकको संरक्षक, संविधान तथा कानूनको अन्तिम व्याख्याता सर्वोच्चप्रति आदेशको पूर्ण पाठसमेत नआउँदै जनविश्वास र जनआस्था नै खल्बलिने गरी टिप्पणी भएको सर्वोच्च बारको विज्ञप्तीमा उल्लेख छ ।