२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


दुई मोटरसाइकल आपसमा ठोक्किए, पाँच वर्षीय बालक घाइते


0
Shares

काठमाडौं, साउन २९ । काठमाडौंको जडिबुटीमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा ५ वर्षीय बालक घाइते भएका छन् ।

बा६९प ४०३८ र बा५०प ८००९ नम्बरको मोटरसाइकल गएराति ९ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ८००९ नम्बरको मोटरसाइकलमा पछाडि सवार जडिबुटी बस्ने ओखलढुङ्गाको गाल्लाङटारका लोचन बस्नेतका ५ वर्षीय छोरा सम्राट घाइते भएका हुन् ।

घाइते बालकको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल र ४०३८ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।