Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


अर्घाखाँची जिल्ला समन्वय समितिमा एमाले निर्विरोध


260
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्ला समन्वय समिति पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् ।

संयुक्त गठबन्धनले उम्मेदवारी नदिएपछि एमालेका उम्मेदवारहरु प्यानल नै निर्विरोध चयन भएका हुन् ।

समन्वय प्रमुखमा जिवनारायण कोइराला, उपप्रमुखमा लक्ष्मी शर्मा लगायत रहनुभएको छ ।

६ वटा स्थानीय तहका १२ जना जनप्रतिनिधिमध्ये एमालेका ८ र गठबन्धनका ४ जना जनप्रतिनिधि चुनावमा सहभागी हुने कार्यतालिका भए पनि बहुमत नपुगेको तथा चुनावमा भाग लिने वडा सदस्यको उम्मेदवारको हार भएमा पद खारेजी हुने भएकाले चुनावमा भाग नलिएको गठबन्धनको तर्फबाट कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख सूर्यप्रसाद भुसालले जानकारी दिनुभयो ।