मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय, शीर्ष नेतालाई जिम्मेवारी « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय, शीर्ष नेतालाई जिम्मेवारी


195
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ ।

शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो ।

पार्टी उपमहासचिव गंगालाल तुलाधारले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको भन्दै त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको जानकारी दिनुभयो ।

मन्त्रीहरूलाई ६ महिना भनेर पठाएको, त्योभन्दा बढी भएकाले शीर्ष नेताहरूले उहाँहरुसँग बसेर छलफल गरी निर्णय लिने उहाँले बताउनुभयो ।

अहिले संघीय सरकारमा नेकपा एसबाट पाँच मन्त्री र एक राज्यमन्त्री सहभागि छन् । बाम गठबन्धनको विषयमा भने कुनै चर्चा नभएको तुलाधारले जानकारी दिनुभयो ।