२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


जनकपुरमा सडकमा पैसा फालेर भाग्ने दुबै महिलाको पीसीआर रिपोर्ट नेगेटिभ


0
Shares

जनकपुर, बैशाख ७ । जनकपुरमा सडकमा पैसा फालेर भागेको आरोपमा पक्राउ परेका दुबै महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

बीच सडकमा पैसा फालेर भागेकी नन्द भाउजु पक्राउ परेपछि दुवैको स्वास्थ्य जाँच गर्दा र्यापिड परीक्षणमा एक जनाको पोजेटिभ रिपोर्ट आएको थियो । तर पीसीआरमा भने दुबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रशिक्षण प्रयोगशालाका निमित्त निर्देशक डा. रामविनय साहले जानकारी दिएका हुन् ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महावीर चोकस्थित बीच बाटोमा पैसा फालेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सिसिटिभी फुटेजको आधारमा पैसा फालेर भागेको आरोपमा शनिबार नन्द भाउजुलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बाट नियन्त्रणमा लिएको थियो ।

यसैबीच, सर्लाहीका १४ वर्षीय बालकको रिपोर्ट पनि नेगेटिभ आएको पनि डा. साहले जानकारी दिएका छन् ।