
एजेन्सी । बलिउड अभिनेता आदित्य रोय कपुरलाई कोरोना पोजिटिभ देखिएपछि उनको फिल्म ‘ओमः द ब्याटल विदिन’को ट्रेलर र प्रचार स्थगित गरिएको छ ।
अब फिल्मको ट्रेलर रिलिज मिति पछि सार्वजनिक गरिने फिल्मको निर्माण पक्षले जनाएको छ ।
पछिल्लो समय भारतमा कोरोनाको लहर बढेको छ भने धेरै बलिउड सेलिब्रेटीहरु कोरोनाको सिकार बन्न पुगेका हुन् । कार्तिक आर्यन र अक्षय कुमारपछि आदित्य रोयलाई कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि ट्रेलर रिलिजमा ठूलो कार्यक्रम गर्ने योजना थियो तर, अहिले अभिनेता आदित्य रोयलाई कोरोना देखिएपछि सारिएको छ ।
‘ओमः द ब्याटल विदिन’ एक एक्सन–थ्रिलर फिल्म हो, जसमा सञ्जना सांघी पनि मुख्य भूमिकामा देखिनेछिन् । यस फिल्मका निर्माता अहमद खान हुन् । फिल्मलाई कपिल वर्माले निर्देशन गरेका हुन् । यो फिल्म आगामी जुलाईमा प्रर्दशन हुने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्