 
	    काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आज शनिबार काठमाडौंको बसन्तपुरबाट साईकल र्याली निकालिएको छ ।

‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निकालिएको साईकल र्यालीमा वातावरणसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको सहभागिता थियो ।

र्यालीको उद्घाटन गर्दे काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले प्रकृति रहे मानव जीवन रहने भन्दै प्रकृतिको संरक्षणमा लाग्न सबैसँग आग्रह गर्नुभयो । जलवायु परिर्वतनको असर अहिले विश्व समुदायले भोग्नु परेको भन्दै उहाँले वातावरण र प्रकृतिको संरक्षणमा जुट्दै यसको असर न्यूनिकरणमा लाग्नु पर्ने बताउनुभयो ।

मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माले जलवायू परिर्वतनको असर नेपालमा पनि देखा पर्न थालेको र यसले मानवजीवनमा प्रत्यक्ष असर पारेको भन्दै युवा जगतलाई सचेत हुन आग्रह गर्नुभयो ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्