
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय जनप्रनिधिलाई ठूला काम भन्दा जनता खुसी हुने साना काम गर्न निर्देशन दिनुभएको छ ।
स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री शर्माले शुक्रबार अर्थमन्त्रालमा छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
छलफलमा रुकुम पश्चिमका नगरपालिका प्रमुख÷उप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।
अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गर्नुभयो । जनतालाई स–साना काम गरेरै स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकता पुरा गरेर सबैको मन जित्ने काम गर्न उहाँले सुझाउनुभयो ।
कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राखी सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउन पनि उहाँले सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्