२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


कोरोना संक्रमित १२ भारतीय विराटनगरको अस्पतालमा, स्वास्थ्य अवस्था ‘सामान्य’


0
Shares

विराटनगर, वैशाख ६ । उदयपुरमा कोरोनाको संक्रमण देखिएका १२ जना भारतीयलाई प्रदेश नम्बर–१ को अस्थायी कोरोना अस्पतालमा राखिएको छ ।

विराटनगरस्थित ‘कोभिड १९’ अस्पतालमा भर्ना गरिएका १२ जनाकै आवश्यक उपचार पनि अघि बढाइएको छ ।

कोरोना संक्रमित उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

संक्रमितहरुको उपचारमा वरिष्ठ फिजिसियन डाक्टरको नेतृत्वमा ६/६ घन्टाको ‘सिफ्ट’ बनाएर उपचारको व्यवस्था मिलाइएको छ ।

संक्रमितहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल छिरेका खुलेको छ । उनीहरु डेढ महिनासम्म मोरङका विभिन्न मस्जिदमा बसेको पाइएको छ भने त्यसपछि सुनसरीका मस्जिदमा ४० दिन र सुनसरीमा २६ दिन बसेको बताइएको छ ।

उनीहरुले उक्त अवधिमा तीन जिल्लाका विभिन्न मस्जिदमा धार्मिक प्रशिक्षण दिएको बताइएको छ ।

धर्म प्रचारका लागि उदयपुर पुगेका संक्रमित पुरुषहरू २० देखि ४० वर्ष उमेर समूहका छन् ।