
काठमाडौं, वैशाख ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुर र चितवनमा कोरोना संक्रमण देखिएका १४ जनाको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी र परीक्षण सुरु गरेको जनाएको छ ।
मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका १२ जना र चितवनका दुईजनाको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गरिने बताए ।
‘आरडीटी’ परीक्षण ७७ ओटै जिल्लामा सुरु भइसकेको भन्दै उनले हालसम्म १९ हजार ४५४ जनाको परीक्षण गरिएको जानकारी दिए ।
विभिन्न जिल्लामा आरडीटी ‘पोजिटिभ’ देखिएका ‘केस’हरुको पनि ‘पीसीआर’बाट परीक्षण भइरहेको डा. देवकोटाले बताए ।
यस्तै, उनले ‘लकडाउन’का कारण मानसिक र विभिन्न समस्यामा परेका किशोर–किशोरी र बालबालिकाहरुलाई विशेष ध्यान पुर्याउन अभिभावकहरुलाई अनुरोधसमेत गरे ।
भिडियो हेर्नोस्
प्रतिक्रिया दिनुहोस्