प्रतिनिधिसभामा मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


प्रतिनिधिसभामा मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस


91
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गर्नुभएको हो ।

सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गर्नु भएको छ ।

भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि अहिले छलफल भइरहेको हो । छलफलका लागि दुई घण्टाको समय दिइएको छ ।