२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


संखुवासभामा ‘र्‍यापिट टेस्ट’ सुरु


0
Shares

संखुवासभा, वैशाख ६ । संखुवासभमा शनिबारबाट कोरोनाभाइरसको ‘र्‍यापिड’ परीक्षण सुरु गरिएको छ ।

संखुवासभाका १० स्थानीय तहमा एकैपटक शनिबारदेखि र्‍यापिड परीक्षण सुरु गरिएको हो ।

विदेश र जिल्लाबाहिरबाट आएर आफ्नै घरमा बसेकाहरुलाई लक्षित गरी परीक्षण सुरु गरिएको संखुवासभा स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोषण श्रेष्ठले जानकारी दिए ।

भारतलगायत तेस्रो देश र मुलुकका विभिन्न जिल्लाबाट संखुवासभा आएकामध्ये ५६ जनाको र्‍यापिड परीक्षण गरिसकिएको छ । परीक्षण गरिएका सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जनाइएको छ ।