Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


घातक अस्त्र र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्धन लगाउन बाइडेनको जाेड


169
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकका कारण हुने हिंसा रोक्नका लागि घातक खालका अस्त्र र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ ।

ह्वाइट हाउसमा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले उहाँले यस्ताे बताउनुभएकाे हाे । अमेरिकामा दैनिक रुपमा अधिकांश क्षेत्रहरू हत्या गर्ने स्थान बनिरहेको उहाँले बताउनुभयो। अमेरिकाले त्यस्ता हातहतियारलाई गैरकानूनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्याउनुपर्ने उहाँकाे तर्क छ।

अमेरिकामा भएका श्रृङ्खलाबद्ध गोलीकाण्डपछि राष्ट्रपति जाे बाइडेनको उक्त भनाई आएको हो । उहाँले सम्बोधनका क्रममा बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचलाई ख्याल गर्न आह्वान समेत गर्नुभएको छ । त्यस्तै देशव्यापी रूपमा ‘रेड फ्ल्याग ल’ को विस्तारमा पनि उहाँकाे जोड छ । यो कानूनले कसैको अधिकार खोस्ने नभई बालबालिकाको सुरक्षाको कुरा भएको राष्ट्रपति बाइडेनको तर्क छ । ठूलो क्षमताका बन्दुक सामान्य मानिसलाई आवश्यक नपर्ने राष्ट्रपति बाइडेनको भनाई छ ।

राष्ट्रपति जाे बाइडेनको सम्बोधन पूर्व अमेरिकाको विस्किन्सन राज्यको एक अन्तिम संस्कार स्थलमा अन्धाधुन्धा गोली चल्दा ४ जनाको मृत्यु भएको थियो।