
सर्लाही । सर्लाहीको धनकौलमा १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका एक बालकको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएकोमा कोरोना संक्रमण रहेको पाइएको छ ।
चैत २३ गते भारतबाट आएका ती बालकको आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
ती बालकसँगै क्वारेन्टाइनमा राखिएका अर्का एक पुरुषको रिपोर्ट भने नेगेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार रिपोर्ट पोजेटिभ आएका बालक र नेगेटिभ आएका पुरुष दुवैलाई पीसीआर विधिबाट थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
सर्लाहीमा यसअघि लालबन्दी, चन्द्रनगर, हरिपुर क्वारेन्टाइमा राखिएका ६० जनाको आइडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया दिनुहोस्