
-ध्रुव भट्टराई/केदार कटुवाल(ईमेज)
विराटनगर/उदयपुर । उदयपुरमा भेटिएका कोरोना संक्रमित १२ भारतीयलाई विराटनगर लगिएको छ ।
त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा लुकेर बसेका १२ भारतीयलाई स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगर पठाइएको हो ।
१२ भारतीय र ४ नेपालीलाई चार वटा एम्बुलेन्सबाट शुक्रबार राती नै विराटनगर पठाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
भुल्के मस्जिदमा लुकेर बसेका १२ भारतीय र चार नेपाली रहेको आशंकामा स्थानीयले प्रशासनलाई जानकारी गराएका थिए ।
मंगलबार उनीहरुको स्वाब नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो । भारतीय सबैको पिसिआर पोजेटिभ देखिएपछि थप पुष्टिका लागि टेकु अस्पतालमा पुन परीक्षणका लागि पठाइएकोमा उनीहरूमा कोरना संक्रमण पुष्टि भएको हो ।
१२ भारतीय फागुन २५ गते सप्तरीको फत्तेपुर हुँदै उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाइ मस्जिदमा केही दिन रहेको र चैत्र १ गतेदेखि भुल्के मस्जिदमा लुकिछिपी बसेको बताइएको छ ।
कोरना पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् । मुस्लिम बस्तीलाई स्थानीय प्रसाशनले सील गरेको छ ।
संक्रमित भारतीयलाई प्रदेश १ को अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको छ । संगै ल्याइएका चार नेपालीलाई भने मोरङको टाँडिस्थित नेपाली सेनाले बनाएको क्वारेन्टिनमा राखिएको छ ।
चार महिना अघि नै नेपाल
उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार उनीहरुले देखाएको रेलको टिकट हेर्दा नयाँ दिल्लीबाट चार महिना अगाडि नेपाल आएको देखिएको छ। उनीहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल छिरेको खुलेको छ ।
उनीहरुले प्रहरीलाई दिएको ट्राभल हिस्ट्री अनुसार मंसिर २५ मा रानीहुदै मोरड छिरेका उनीहरु डेढ महिना मोरडका विभिन्न मस्जिदमा बसेको देखिएको छ ।त्यसपछि सुनसरीका मस्जिदमा ४० दिन रसुनसरीमा १६ दिन बसेको देखिएको छ ।
उनीहरु सो अबधिमा तीन जिल्लाका विभिन्न मस्जिदमा धार्मिक प्रशिक्षण दिदै हिंडेका थिए । २५ फागुनमा सप्तरीबाट हिडदै फत्तेपुर हुँदै सिबाहीमा रहेको मस्जितमा पाँच दिन बसेको बिताएका छन्।
१२ जनाको समुहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएको छ । उनीहरु चैत १ गते उदयपुरको भुल्केस्थित मस्जिदमा बसेको बताएका छन ।
उनीहरुलाई चैत १२ मा स्थानीय प्रसाशनले विषेश निगरानी राखेको थयो । त्यसअघि उनीहरु कहा कसरी बसेको भन्ने बारेमा प्रहरीले ट्राभल हिस्ट्री लिने काम गरिरहेको प्रदेश प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार कोरोना संक्रमित भेटिएपछि मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्