२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कैलालीमा एक थुनुवा हतकडीसहित फरार


780
Shares

कैलाली । कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्।

इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डे फरार भएका हुन्। यहि जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएको र फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जेठ १४ मा पाण्डेसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए। त्यसपछि दुवै जनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो। झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डे फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताउनुभएकाे हाे ।

अहिले फरार थुनुवाको खोजी कार्यका लागि जिल्ला र इलाकाकाे प्रहरी टोली खटिएको प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताउनुभयो ।