Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्न खाेज्दा झडप


1.1k
Shares

काठमाडौं । नेपालगञ्जस्थित धम्बोजी चोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक  पुनर्स्थापना गर्ने क्रममा झडप भएको छ।

स्वतन्त्र अभियान, राष्ट्रवादी युवा समूह र राप्रपा कार्यकर्ताले धम्बोजी चोकमा आज (बिहिबार) राजा वीरेन्द्रकाे शालिक राख्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँससमेत प्रहार गरेको छ। धम्बोजी चोकमा रहेको शालिक २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको थियो।

शालिक हटाएको स्थानमा राष्ट्रिय झण्डा राखिएकोमा बिहीबार शालिक पुनर्स्थापना गरिएको हाे। तर, शालिक ‘फिक्स्ड’ गर्न नपाउदै प्रहरीले हस्तक्षेप गरेर शालिक हटाएपछि तनाव उत्पन्न भएको हो । झडप हुँदा केही युवा घाइतेसमेत भएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभएकाे हाे । शालिक स्थापना गर्न पुगेका सर्वसाधारण र प्रहरीबीच ढुंगा हानाहान समेत भएको छ।

आक्रोशित भीडले धम्बोजी चोक नजिकै रहेको सेतु बिक चोकमा राखिएको सेतु बिकको शालिकमा समेत तोडफोड गरेकाे छ ।