
बिराज रोस्यारा (इमेज)
कैलाली, वैशाख ५ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा शुक्रबारदेखि फेरि सुचारु गरिएको छ ।
यही वैशाख २ गतेदेखि प्रसूति सेवा बन्द गरिएको थियो ।
शुक्रबार प्रादेशिक अस्पतालले एक सूचना जारी गर्दै शुक्रबारदेखि फेरि प्रसूति सेवा सुचारु गरिएको जनाएको हो ।
यसअघि, प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेको भन्दै प्रसूति सेवा बन्द गरिएको थियो ।
कोरोना संक्रमितको उपचार र प्रसूति सेवा सञ्चालनका लागि छुट्टा–छुट्टै बाटो तयार भइसकेकोले शुक्रबारैदेखि प्रसूति सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ ।
यसअघि, आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीकै नवजीवन अस्पतालबाट प्रसूति सेवा दिइने भन्दै सेतीको प्रसूति सेवा बन्द गरिएको सूचना जारी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्