Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


आप्रवासी श्रमिकको उद्धार गर्न ट्रेड युनियनको माग


0
Shares

काठमाडौं, बैशाख ५ । नेपाल ट्रेड युनियन कांग्रेसले कोरोना महामारीका कारण समस्यामा रहेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेका छन् ।

ट्रेड युनियन कांग्रेसले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, स्वदेशमा रोजगारी र उद्यमशिल अभावका कारण विश्वका विभिन्न देशहरुमा करिव ४१ लाख नेपालीहरु कार्यरत छन् र त्यही श्रमशक्तीबाट जिडिपिको २९ प्रतिशत रेमिट्यान्स भित्रिन्छ । 

हाल ति वर्ग कोरोना महामारी र लकडाउनका कारण दिनप्रतिदिन समस्यामा पर्दै गईरहेका छन् सरकारले तत्काल अध्ययन गरि समस्याको समाधान गर्नु पर्छ ।

यसैगरी गन्तव्य मुलुकका सरकार र रोजगारदातासंग समन्वय गरि उनीहरुको औषधि उपचार, लकडाउनका कारण बेरोजगार भएकालाई तलबी बिदा, खाने बस्ने व्यवस्था र स्वास्थ्य सुरक्षाकालागी अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उपाय अबलम्बन गर्नु पर्ने,रोजगारी कटौती हुन नदिन आवश्यक पहल गर्नु पर्ने, कोरोना संक्रमित बिरामीको स्वास्थ्य उपचारमा विषेश ध्यान दिनु पर्ने, बैंक बाट कर्जा लिई वैदेशिक रोजगारीमा गएको तर महामारीका कारण रोजगारी गुमि स्वदेश फर्केकाहरुको कर्जा र व्याज मिनाहा गर्नु पर्ने, रोजगारी गुमाएका वा स्वदेश फिर्ता हुन चाहनेलाई सुरक्षित फर्काउनु पर्ने र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको ज्ञान,सिप र अनुभवलाई स्वदेशमै सदुपयोग गर्न रोजगारीको सृजना गर्न आगामी आर्थिक वर्ष ०७७र७८ मा विशेष नीति कार्यक्रम ल्याउनु पर्ने समेत माग गरेका छन्  ।