२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


काठमाडौंबाट ३३ जना चिकित्सकको टोली धनगढी आइपुग्यो


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, वैशाख ५ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या र जोखिम बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली शुक्रबार धनगढी आइपुगेको छ ।

संक्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन उनीहरु यहाँ आएका हुन् ।

यस्तै, अरु बिरामीको उपचारका लागि पनि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो ।

शुक्रबार दिउँसो यती एअरलाइन्सको विमानमार्फत् चिकित्सकको टोली धनगढी आइपुगेको जनाइएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले उनीहरुलाई आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सेती प्रादेशिक अस्पतालसहित अरु अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या पाँच पुगिसकेको छ । उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।