फिल्म ‘लाल सिंह चड्ढा’ को ट्रेलर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


फिल्म ‘लाल सिंह चड्ढा’ को ट्रेलर सार्वजनिक


1.378k
Shares

एजेन्सी । भारतीय सुपरस्टार आमिर खानद्वारा अभिनित फिल्म ‘लाल सिंह चड्ढा’को ट्रेलर सर्वजनिक भएको छ ।

फिल्मको ट्रेलरलाई आइपिएल (इण्डियन प्रिमियर लिग क्रिकेट) को फाइनल म्याचको अवसर पारेर सार्वजनिक गरिएको हो । लामो समयदेखि दर्शकहरू फिल्मको प्रतिक्षामा रहेका बेला फिल्मको ट्रेलरले पनि दर्शकहरूको मन जितेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सुपरस्टार आमिर खान र करिना कपूरद्वारा अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ को ट्रेलरमै आमिरको अनेक रुपलाई देखाइएको छ ।

फिल्मको ट्रेलरमा आमिर कहिले शिख धर्मावलम्वीको भूमिकामा देखिएका छन् भने कहिले आर्मीको भूमिकामा देखिएका छन् । ट्रेलरमा आमिर र करिनाको मित्रता र प्रेमलाई पनि व्यक्त गरिएको छ । आमिर फिल्ममा मुख्य भूमिकामा रहेका छन् । आमिर र करिनाले यस अघि फिल्म ‘थ्रि इडियट’ र ‘तमासा’ मा सँगै काम गरिसकेका छन् । निर्देशक अद्वैत चन्दनको निर्देनमा बनेको यस फिल्ममा आमिर र करिनासँगै नागा चैतन्य र मोना सिंह पनि मुख्य भूमिकामा रहेका छन् । फिल्म ‘लाल सिंह चड्ढा’ बाट दक्षिण भारतीय सुपरस्टार नागा चैतन्यले भारतीय फिल्ममा डेब्यु गरेका हुन् ।

फिल्मलाई भारतको एक सय भन्दा बढी स्थानमा छायांकन गरिएको छ । यो भन्दा अगाडी फिल्मको दुई वटा गीत रिलिज भैसकेका छन् । फिल्मलाई आगामी अगस्ट ११ बाट प्रर्दशन गरिने भएको छ ।