गुजरात टाइटान्सलाई पहिलो सिजनमै आईपीएल क्रिकेटको उपाधि « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


गुजरात टाइटान्सलाई पहिलो सिजनमै आईपीएल क्रिकेटको उपाधि


624
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ ।

भारतको अहमदाबादमा आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३९ रन जोडे । यस्तै, याशभी जैसवालले २२, रियान परागले १५ तथा कप्तान सन्जु सामसनले १४ रन बनाए ।

राजस्थानलाई सस्तैमा समेट्न गुजरातका कप्तान हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । गुजरातको जितमा शुभमन गिलको अविजित ४५ रन महत्वपूर्ण रह्यो । यसैगरी अलराउण्डर हार्दिक पाण्ड्याले ३४ रन तथा डेभिड मिलरले अविजित ३२ रन जोडे ।

राजस्थानका ट्रेन्ट बोल्ड,प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।