
काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वअर्थमन्त्री डा. सुरेन्द्र पौडेलले आगामी आर्थिक वर्षको बजेटमा सुझावमा आएका सबै विषयहरू समेटिएको बताउनुभएको छ ।
बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले बजेटमा गर्नै नसकिने विषयहरू समेटिएको बताउनुभयो ।
‘सुझावमा आएका सबै विषयहरु समेटिएको छ,’ उहाँले भन्नुभयो, ‘कसैलाई पनि नाई भनिएको छैन, निर्वाचनकेन्द्रीत बजेट आयो, समेटिएका विषयहरू पूरा गर्न गाह्रो छ ।’
उहाँले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य पूरा हुन नसक्ने भन्दै उहाँले छिमेकी देश र विश्वमा भइरहेको घटनाले पनि यसमा प्रभाव पार्ने बताउनुभयो ।
यद्यपि विद्युतीय सामग्री र चुल्होको प्रयोगलार्ई गरिएको प्रोत्साहन सकारात्मक रहेको उहाँको भनाइ छ । यसले आयात घटाउन मद्दत पुग्ने डा. पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्