Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


नेवि संघले स्थापना दिवसमा विद्यार्थीहरुलाई सहयोग गरी मनाउँदै


0
Shares

काठमाडौं, बैशाख ४ । नेपाल विद्यार्थी संघले स्थापना दिवसको अवसरमा अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर मनाउने भएको छ ।

बिहीबार संघका अध्यक्ष राजीव ढुँगानाले सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस इकाईलाई यस्तो निर्देशन जारी गरेका हुन् ।

बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पुरा गरि ५१ वर्षमा पुग्दै छ । कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीहरु समस्यामा रहेको भन्दै नेविसंघले यसवर्ष ती विद्यार्थीलाई सहयोग गरेर स्थापना दिवस मनाउन लागेको संघका महामन्त्री बलदेव तिमल्सिना ले बताए।

त्यस्तै, सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने ,रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टी सँग प्रविधिको प्रयोग गरी अन्तरक्रिया गर्न पनि परिपत्र गरीएको महामन्त्री तिमल्सिना ले बताए ।

रक्तदान, राहत बितरण, सचेतना अभियान लगाएतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरि सामाजिक दुरी कायम गरेर आयोजना गर्न संघका अध्यक्ष राजीव  ढुंगाना ले सर्कुलर गरेका छन् ।

यस अबसरमा  नेबिसंघ केन्द्रीय समितिको पनि यस्तै गतिविधि हरु संचालन गर्ने तैयारी रहेको संघले जनाएँगे छ ।