
काठमाडौं । सरकारले नेपालका विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई कोटा छुट्याउने भएको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी विद्यार्थीलाई नेपालमा ल्याउनका लागि भिसामा सहजीकरण गर्ने बताउनुभयाे ।
विदेशी प्राध्यापकहरुलाई पनि नेपाल आउनका लागि प्रोत्साहित गरिने सरकारको लक्ष्य छ ।
मेडिकल शिक्षालाई गुणस्तरीय बनाएर विदेशी विद्यार्थीलाई भित्र्याउने बताएको सरकारले देशमा विभिन्न स्थानमा रहेका मेडिकल कलेजको स्तरोन्नत्तिमा जोड दिने भएको छ ।
सरकारदे शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, प्रदेशतर्फ ५ अर्ब ३२ करोड र स्थानीय निकायका लागि १ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्