कञ्चनपुर, बैशाख ४ । कृष्णपुर नगरपालिका– ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई बिहीबारपक्राउ गरेको छ ।
सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका– ११ कालिका टोलका मोहनबहादुर साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।
बन्दुकसहित पक्राउ परेका साउदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउनका लागि थप अनुसन्धानको कार्य भइरहेको छ । रासस




प्रतिक्रिया दिनुहोस्