
काठमाडौं । सरकारले काठमाडौंमा नेवा संग्रहालय निर्माण गर्ने भएको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं महानगरसँगको समन्वयमा काठमाडौंमा नेवा संग्रहालय निर्माण गर्ने बताउनुभयो ।
यस्तै, लमजुङमा गुरुङ संग्रहालय र अन्य स्थानमा पनि विभिन्न जातजातिको परम्परा र कला संरक्षणका लागि विभिन्न स्थानमा सम्पदाको संरक्षण गरिने शर्माले बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासका लागि ९ खर्ब ३८ करोड बजेट विनियोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्