Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


मल खरिदका लागि १५ अर्ब विनियोजन

हरेक वडामा कृषि प्राविधिक

234
Shares

काठमाडौं । सरकारले मल खरिदका लागि १५ अर्ब विनियोजन गरेको छ ।

संघीय संसदको दुवै सदनमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मल खरिदका लागि १५ अर्ब विनियोजन गर्ने बताउनुभयो ।

यस्तै, हरेक पालिकामा स्नातक गरेको कृषि प्राविधिक र वडा तहमा कृषि प्राविधिकको व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

बेरोजगारहरुमध्येबाट ३ सय जनालाई कृषि स्वयंसेवक तयार गरिने नीति लिएको सरकारले बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने छ ।

सरकारले संघ प्रदेश र स्थानीय हको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ ।