
हेटौंडा, वैशाख ४ । हेटौंडाको अस्पतालमा स्त्रीरोग र सुत्केरी सेवा लिन आउने महिलाहरुको भीड लाग्न थालेको छ ।
‘लकडाउन’का कारण विभिन्न जिल्लाका स्थानीय अस्पतालहरुले सुत्केरी सेवा बन्द गरेपछि हेटौंडा अस्पतालमा सेवा लिन आउने महिलाहरुको संख्या बढेको छ ।
सर्लाही, रौतहट, बारा जिल्लाबाट सुत्केरी सेवाका लागि गर्भवती महिलाहरु हेटौंडासम्म आउने गरेका छन् ।
अस्पतालमा दैनिक २०० जनासम्म सुत्केरी सेवाका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
हेटौंडा अस्पतालका डा. राघबेन्द्र ठाकुरले गर्भवती महिलालाई मानवीय सेवा दिनुपर्ने भएकोले उपचार सेवा उपलब्ध गराइरहेको बताए ।
तराईका जिल्लामा लकडाउनको असहज परिस्थितिले गर्दा हेटौंडा अस्पतालमा प्रसूति सेवाका लागि आउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्