२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


‘आरडीटी’मा ‘पोजिटिभ’ चितवनका पुरुषको ‘पीसीआर रिपोर्ट नेगेटिभ’


0
Shares

चितवन, वैशाख ४ । र्‍यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)का क्रममा ‘पोजिटिभ’ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा ‘नेगेटिभ’ आएको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा ‘पीसीआर’ परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जनाकारी दिए ।

गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नोस्टिक परीक्षणका क्रममा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको  थियो ।

सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।

यस्तै, राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्‍यापिड डायग्नोस्टिक परीक्षणका क्रममा शंकास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको ‘आइसोलेसन’मा राखी उपचार गरिएको छ ।

उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्‍यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने ‘नेगेटिभ’ देखिएको थियो ।

राप्तीबाट ल्याइएका तीनैजनाको पीसीआर विधिबाट बिहीबार परीक्षण गरिने अधिकारीले जानकारी दिए । रासस