Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


१५ औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरि मनाईदै

डेढ दशक पूरा हुँदा पनि गणतन्त्रको संस्थागत विकास भएन, जनजीविकाको अवस्था भने उस्तै

52
Shares

काठमाडौं । १५ औं गणतन्त्र दिवसकाे अवसरमा आज (आइतबार) विविध कार्यक्रम गरि मनाईदै छ।

२०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा स्थापना गरेको १४ वर्ष पूरा भएको छ। २०६२/०६३ सालको आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताका १४ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण, स्थानीय तहको दुई पटक निर्वाचन तथा एक पटक संघीय निर्वाचन भईसकेको छ । सिंहदरबारमा सीमित राज्य सत्ताको विकेन्द्रिकरण गरिएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म जनताका प्रतिनिधिहरुले शासन गरेका छन् । एकात्मक राज्य व्यवस्थाको स्थानमा संघीय र राजतन्त्रको स्थानमा जनताका प्रतिनिधि मूली हुने गणतन्त्र स्थापित गरिएको छ । तर, जनताले जुन आकांक्षा र अपेक्षा गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए व्यवहारमा भने त्यस्तो देखिएको छैन।आम नागरिककाे जनजीविकाको सवालमा पनि राज्यले अझै धेरै गर्नुपर्ने बाँकी रहेकाे छ ।

तर डेढ दशक पूरा हुँदा पनि गणतन्त्रको संस्थागत विकास भएन, जनजीविकाको अवस्था भने उस्तै रहेकाे छ ।