२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बैंगलोरलाई हराउँदै राजस्थान उपाधि नजिक

उपाधिका लागि गुजरातसँग भिड्ने

416
Shares

काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि नजिक पुगेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान उपाधि नजिक पुगेको हो ।

बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।

बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो ।

बैंगलोरका रजत पटीदारले सर्वाधिक ५८ रन बनाए । कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । साहबाज अहमेद १२ रनमा अविजित रहे ।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३/३ विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनको नाममा १/१ विकेट रह्यो ।

अब राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ ।

राजस्थान दोस्रो पटक उपाधि जित्ने सोचमा हुँदा गुजरात आफ्नो पहिलो सिजनमै च्याम्पियन बन्ने दाउमा छ ।