Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पत्रकार पौडेललाई धम्क्याएकोप्रति महासंघको ध्यानाकर्षण


0
Shares

काठमाडौं, बैशाख ३ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यही वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहाना बनाएर नौ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पीडित पत्रकार पौडेलले महासङ्घमा जानकारी गराएका थिए ।

महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्तिमार्फत प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गर्दै महासङ्घ घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेका छन् ।  

Skip This