Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक ‘बलात्कार’, तीनजना पक्राउ


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, वैशाख ३ । कैलालीमा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

मंगलबार साँझ गोठालो गएका बेला जिल्लाको भजनी नगरपालिकाकी किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४, लालपुर, वाणीका २९ वर्षीय रामकुमार चौधरी, २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेशकुमार चौधरी छन् ।

भजनी–८, कृष्णनगरस्थित हुलाकी सडकको दक्षिणतर्फ रहेको झाडीमा जबर्जस्ती करणी गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

पक्राउ परेकाहरुविरुद्ध बुधबार कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीमै १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा मंगलबार चार युवक पक्राउ परेका थिए