
फाइल तस्विर
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।
सहिद कृष्ण सेन इच्छुकको २०औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज बिचलनतिर गइरहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको भन्दै व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धा हुन थालेको बताउनुभयो । नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रीत हुन जरुरी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्