
भद्रपुर, साउन २८ । जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८, जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् ।
गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताए ।
उनकाअनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै रहेकोे सीसी क्यामेराले देखिएको थियो ।
आइतबार साँझदेखि फरार माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्