
काठमाडौं, बैशाख ३ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर संचालन गर्न माग गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविर समुदायमा पुग्नुपर्ने बताएका छन् ।
परिक्षणको दायरा बढाएर गाउँ गाउँमा घुम्ती परिक्षण शिविर संचालन गर्न तीनै तहको सरकारलाई अपील गरेका छ । घुम्ती स्वास्थ शिविरको शैलीमा समुदायमा परीक्षण पुर्याउनुपर्ने कांग्रेसले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्