नवलपरासी, वैशाख ३ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गुणस्तरहीन राहत चामल वितरण गरेको विषयमा छानबिन सुरु भएको छ ।
राहतका नाउँमा ६ र ११ नम्बर वडामा गन्हाएको चामल दिएको भन्दै गएको शुक्रबार स्थानीयले खाद्यन्न सामग्री नगरपालिकाको गेटअगाडि फालिदिएका थिए ।
चामल फ्याँकेपछि अन्य वडाले अहिले राहत बाँड्न रोकेका छन् ।
गुणस्तर तथा नाप तौल कार्यालय बुटवल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चामलको गुणस्तर छानबिनको प्रक्रिया सुरु गरेका हुन् ।
नतिजा आउन केही दिन लाग्ने कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्