काठमाडौंको मेयरमा बालेन शाहलाई २० हजार बढी मतको अग्रता « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


काठमाडौंको मेयरमा बालेन शाहलाई २० हजार बढी मतको अग्रता


3.471k
Shares

काठमाडौं । देशका ६ महानगरपालिका मध्ये अब काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

काठमाडौं महानगरपालिकाको जारी मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।

बालेनले ५४ हजार ७३९ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० तथा एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनुभएको छ । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ ।

स्वतन्त्र उम्मेदवार बालेनले ५४ हजार ७३९ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाउनुभएको छ । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ ।

यसैगरी, मेयरका अर्का उम्मेदवार एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनु भएको छ ।