चेल्सीको स्वामित्व हस्तान्तरण हुँदै « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


चेल्सीको स्वामित्व हस्तान्तरण हुँदै


364
Shares

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सी अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व गरेको संयुक्त कम्पनीले किन्ने निश्चित भएको छ ।

क्लबका रुसी मालिक रोमन अब्रामोभिच बेलायत सरकारबाट प्रतिबन्धनमा परेसँगै क्लबको भविष्य अन्योलमा परेको थियो ।

थुप्रैं व्यक्ति तथा व्यवसायिक समुहले चेल्सी फुटबल क्लब किन्ने चासो व्यक्त गरेपनि क्लबको अन्तरिम व्यवस्थापनले अमेरिकी धनाढ्य बोहलीको समुहलाई क्लब बेच्न राजी भएको थियो । तर, बेलायत सरकार र प्रिमियर लिगको चाहिने अनुमति नदिंदा यो सम्झौता लगभग टुट्ने संघारमा पुगेको थियो ।

मंगलबार राति प्रिमियर लिगले अनुमति दिएपछि अब चेल्सीको स्वामित्व हस्तान्तरणको कानुनी प्रक्रिया सुरु हुनेछ । अमेरिका धनाढ्य कोहली अमेरिका बेसबल क्लब एल.ए डजर्सका मालिक हुन् । चेल्सी खरिद गर्ने उनको समुहमा अमेरिकी अर्बपति मार्क वाल्टर र स्विस अर्बपति हान्सर्ग विस पनि मुख्य साझेदार रहनेछन् । झण्डै ४ अर्ब २५ करोड पाउण्ड स्टर्लिङमा चेल्सी बिक्री हुन लागेको हो ।