
काठमाडौं । युरोपियन मुलुक फ्रान्समा सप्ताहव्यापी २५६६औं बुद्ध जयन्ती मनाइएको छ ।
पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले भिन्सेनी लगायतको बौद्ध विहारहरूमा थेरवाद र महायान परम्पराअनुसार बुद्ध बन्दना र सुत्रपाठ गरेर बुद्ध जयन्ती बैशाख डे मनाएका हुन् ।
त्यस्तै विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाएका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको स्मरणमा अष्टमी पूजा गरिन्छ ।

गौतम बुद्धको महापरिनिवार्ण भएपछि आठौं दिनमा मात्र अन्तिम संस्कार गरिएको थियो । अमेरिका लगायत पश्चिमी मुलुकमा रहेका बौद्धहरूले पनि यस दिनलाई महत्त्वका साथ मनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्