काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने भएको छ ।
मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने बताउनुभयो ।
बुढीगण्डकी जलविद्युत् आफ्नै लगानीमा निर्माण गर्ने नीति लिएको सरकारले हरितऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ ।
विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्दै चार्जिङ स्टेशन निर्माण गरिने सरकारको लक्ष्य छ । विद्युत् खपत बढाउन र खाना पकाउने ग्यासलाई विस्थापन गर्न विद्युत् महशुललाई पुनरावलोनकन गरिने सरकारले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्