२२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


चिकित्सा शिक्षा विधेयकको बिषयमा सांसदहरुले राखे जिज्ञासा


0
Shares

काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकको बिषयमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैंठकमा सांसद्हरुले चिकित्सा शिक्षा विधेयकको बिषयमा जिज्ञासा राखेका थिए ।

समितिका सभापति मानबहादुर विश्वकर्माले शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई समितिमा बोलाउने र चिकित्सा शिक्षा विधेयकको बारेमा जानकारी लिइने निर्णय भएको बताए ।

सांसदहरुले गाउँमा शिक्षा र स्वास्थ्यको अवस्था टिठ लाग्दो भएको भन्दै संसद्को ध्यानकर्षण गराउनु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले दुर्गमका बिद्याालयहरुमा शौचालय नभएको उदाहरण दिदै सभापतिको ध्यानकार्षण गराएका थिए । समितिको अर्को बैंठक बिहिबार बस्ने छ ।