१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने पक्राउ


0
Shares

तुलसीपुर, बैशाख २ । कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो । रासस